काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्ति प्रक्रियामा अनियमिता भएको खुलासा भएको छ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति नै अवैधानिक भएको ठहर भएको छ।
योग्यता नै नपुगेका उनीहरुलाई सोर्स फोर्सका आधारमा १ लाख रुपैयाँभन्दा बढी तलब, सेवासुविधा दिने गरी नियुक्त गरिएको खुलेको छ।