काठमाडौं । फिदिम नगरपालिका दुई स्थित कृष्ण मन्दिर नजिक बोलेरो गाडी पल्टिदा ११ जना यात्रु घाइते भएका छन् । करिब दिउसो १२ बजे बोलेरो दुर्घटना हुँदा ११ जना यात्रु घाईते भएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
मेची राजमार्ग झापादेखि फिदिमतर्फ आईरहेको मे १ ज १९४१ नम्बरको बोलेरो पल्टिएको हो । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको डिएसपी खतिवडाले जानकारी दिए । दुर्घटनामा थप बिवरण आउन बाँकी छ ।