काठमाडौं । कपिलबस्तुमा सर्पले डसेर एक वर्षमा ९ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रमेबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२ जनालाई सर्पले टोकेको हो।
यसबाट ९ जनाको मृत्यु भएको उनले बताए । वर्षाको सयममा धेरै मानिसहरू बाहिर सुत्ने गर्दा सर्पको टोकाइका घटनाहरू बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
यस्ता घटनालाई न्यूनीकरण गर्न प्रहरीले घरदैलो सचेतना कार्यक्रमहरू सञ्चालन गर्न लागेको एसपी बस्नेतले बताए।