काठमाडौं । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तीन महिनादेखी निर्देशकविहीन भएको छ । निर्देशक नहुँदा कर्मचारीले तीन महिनादेखी तलब पाउन सकेका छैनन् ।
अस्पतालको सामान खरिद, दैनिक कामकाज सञ्चालनमा पनि समस्या भएको छ । औषधी, अक्सिजन लगायतका अत्यावश्यक सामान खरिद, भुक्तानी जस्ता कामहरू पनि ठप्प छन् ।
कार्यकारी निर्देशक नहुँदा अस्पतालजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित भएको हो । निर्देशक नियुक्तिका लागि सत्ताधारी दलहरुको किचलोका कारण निर्देशक नियुक्त हुन नसकेको हो ।