काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले साउन १० गते बुधबारका दिन नि:शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नि:शुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण, पिसाब परीक्षण, युरिक एसिड तथा पुर्जा अनुसार नि:शुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा आवश्यक परेको अवस्था चिकित्सकीय जाँच तथा परामर्श सेवा समेत दिइएको थियो । नगरस्वास्थ्य केन्द्र बालकोटमा दिउँसो १२ : ३० देखी २ : ३० सम्म भएको उक्त शिविरबाट करिब १०० जनाले विभिन्न स्वास्थ्य सेवा पाएको अस्पताल प्रशासनले जनाएको छ ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.अशोक कुमार राई, बाल रोग विशेषज्ञ डा.मोहन कुमार सुवेदी र स्त्री रोग विशेषज्ञ डा. सिमा मिश्रले स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए । शिविरमा अल्ट्रासाउन्ड तथा प्याप स्मेयर परीक्षणमा २० प्रतिशत तथा फार्मेसीमा १० प्रतिशत छुट प्रदान गरिएको थियो ।