काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई नटेर्ने सीटिईभीटीका कर्मचारीहरुलाई बर्खास्त गर्न चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको माग छ ।
सीटीईभीटीका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी चिकित्सा शिक्षा आयोगलाई नटेर्ने उनीहरुको निर्णय उल्ट्याउन, शुल्क बढाउनेसम्बन्धी निर्णय खारेज गर्न लगायतका मागसहित डा.केसीले बिहीबार एक विज्ञप्ती जारी गरेका हुन् ।
डा केसीले सीटीईभीटीका पदाधिकारीलाई भ्रष्टको संज्ञा दिँदै खुलेआम आयोगको निर्देशन नटेर्ने उनीहरुको प्रयासलाई चिकित्सा शिक्षाको गुणस्तर धराशायी बनाएर दोहन गर्ने प्रयासको अर्को रुपका रहेको बताएका छन्। उनले आफ्ना माग पूरा नभए जुनसुकै समयमा पनि सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन्।