काठमाडौं । सिक्किम सरकारले महिला कर्मचारीहरुलाई एक १ वर्ष तलबसहितको बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार सरकारले यस्तो निर्णय गरेको जनाकारी दिएका हुन् ।
उनका अनुसार श्रीमती सुत्केरी भएपछि श्रीमान्ले एक महिना सुत्केरीको स्याहारको बिदा पाउने बताए । समाचार एजेन्सी पीटीआईका अनुसार सीएमले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियमहरूमा परिवर्तन गरिने बताए।
उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ। बाँकी जानकारी छिट्टै सूचित गरिनेछ।’