काठमाडौं । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक तथा सुविधासम्पन्न ब्लड बैंक स्थापना गरेको छ । अस्पतालभित्र निजी क्षेत्रबाट संचालित ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लडबाट ४ जनासम्म बिरामीले जीवनदान पाउने छन् । निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो । आधुनिक उपकरणसहित स्थापना भएको ब्लड बैंकमा लामो समयसम्म रगत सुरक्षित राख्न सकिन्छ।
विराट मेडिकल कलेज र विराट नर्सिङ्ग होमले जनचेतनामूलक कार्यक्रसँगै रक्तदान कार्यक्रम पनि आयोजना गर्दै आएको छ । बुधबार लायन्स क्लब विराटनगर शुभम् र विराट नर्सिङ्गहोमले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा ४५ जनाले रक्तदान गरेका थिए ।