काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले विशेषज्ञ चिकित्सकलाई दिइने छात्रवृति लागि आवेदन माग गरेको छ।
न्याम्सले सूचना प्रकाशन गरी शैक्षिक वर्ष २०८०/०८१ मा सञ्चालन गर्ने विभिन्न विषयको फेलोशिपका लागि आवेदन माग गरेको हो।
आवेदन दिनका लागि एमडी-एमएस वा सो सहर उतीर्ण गरी मेडिकल काउन्सिलबाट विशेषज्ञ चिकित्सकको लाइसेन्स लिएको हुनुपर्ने उल्लेख गरिएको छ । साथै एक वर्षको कार्यअनुभव समेत आवश्यक पर्नेछ । साउन १७ गतेदेखि भदौँ १० गतेसम्म अनलाइन आवेदन दिन भनिएको छ ।