काठमाडौं । जनकपुरस्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी महिलाको मृत्युपश्चात् उक्त घटनालाई पैसाको लेनदेनपश्चात् गुपचुप गराइएको खुलेको छ ।
पाठेघरको उपचारको लागि गत साउन ३ गते अस्पताल भर्ना भएकी जनकपुरधाम–१६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुई दिनपछि मृत्यु भएको थियो । उक्त अस्पताल २०७८ सालमा दर्ता भएपश्चात् नवीकरण नभएको पाइएको छ।
उक्त घटनालाई गुपचुप राख्नका लागि अस्पतालले अस्पताल प्रशासनले मृतक परिवारलाई ११ लाख रुपैंया दिएको पारिवारिक स्रोतले बताएको छ ।