काठमाडाैं । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो।
सारुकले मोबाइलमा लेखेको नोट फरेन्सिक परीक्षणमा गर्दा भेटिएको काठमाडौं प्रहरीले जनाएको छ । सुसाइड नोटमा सारुकले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन्।उनले भनेका छन्, ‘यो मेरै कारणले भएको हो । कसैलाई दु:ख नदिनू ।’ आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन्।’
सारुकले २१ असारमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सारुकको आत्महत्या नभई दुरुत्साहन भएको भन्दै विभिन्न टिकाटिप्पणी भएका थिए।