काठमाडौं । डेंगु नियन्त्रणका लागि फिदिम नगरपालिकाले पर्चा सहित सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो।
नगरपालिकामा डेंगुका बिरामी देखा परेका छन् । नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जनाए। यो सरसफाई अभियान प्रभावकारी हुने उपप्रमुख राधाकृष्ण न्यौपानेको भनाई छ।
फिदिम नगरपालिकाले जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरूको सहभागिता आइतबार फिदिम शिवालय मन्दिर हुँदै बजारमा र्यालीसहित सरसफाइ गरेका छन्।