काठमाडौं । कोशी प्रदेशमा स्वास्थ्य महामारीका रुपमा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ८ जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकामा हालसम्म २ हजार तीन सय ५३ डेंगु संक्रमित फेला परिसकेको तथ्यांक छ । डेंगु संक्रमितको सख्या दिनप्रतिदिन बढेसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु सक्रमितका लागि भिन्नै वार्डको व्यवस्था गरी उपचार सुरु गरिएको छ ।
हालसम्म कोशी प्रदेश डेंगु संक्रमितहरुको संख्या उच्च रहेको प्रदेश हो ।