काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंह अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई आइतबार अस्पताल लगिएको थियो ।
८४ वर्ष पुगिसकेको सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
उनलाई पहिले पिसाबसम्बन्धी संक्रमण पनि भएको थियो ।पिएललाई आइसियुमा राखेर उपचार गरिएको छ । पिएल २०४९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।
मेयर बनेपछि पिएल सिंहले काठमाडौंलाई नगरपालिकाबाट महानगरपालिकाका रुपमा रुपान्तरण गर्न निकै संघर्ष र महत्वपूर्ण योगदान गरेको बताइन्छ । पिएल सिंह प्रजातन्त्र प्राप्ति पछिको स्थानीय निकायको पहिलो निर्वाचनबाट काठमाडौं नगरपालिकाका मेयरका रुपमा निर्वाचित भएका थिए ।