काठमाडौं । स्कुले छात्राहरूमाथि शिक्षकले यौनहिंसा गरेको आरोप छात्राहरूले लगाएका छन् । जिल्लाको पनौती नगरपालिका–२ मा रहेको कुशादेवी माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक छवी गौतमले स्कुले छात्राहरूलाई कक्षाकोठाभित्रै विभिन्न बाहना गरेर छात्राहरूको नजिक भई यौनजन्य हिंसा गरेको भन्दै कक्षा १० मा अध्ययनरत १० जना छात्राहरूकोे विद्यालयमा सामुहिक उजुरी गरेपछि यस्तो घटना बाहिरिएको हो ।
उजुरीकर्ता छात्राहरूमध्ये एक छात्रासँगको कुराकानीमा ती शिक्षकले आफूहरूलाई कैयौँपटक त्यस्तो दुव्र्यवहार गरेकोले आफूहरू असह्य भएर उजुरी दिन बाध्य भएको बताइन् । ‘ती आरोपी सर कक्षामा पढाउन आउनुहुन्थ्यो हामीलाई पटक–पटक होमवर्क गर्ने गराउने र सिकाउने बाहना गरेर हाम्रो नजिक आउने संवेदनशील अंगहरूमा हात हाल्ने लगायतका हर्कत गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘हामीलाई अति भएपछि हामी सबै पीडितहरूको सल्लाहमा विद्यालयमा सामुहिक उजुरी दिएका हौँ ।’विद्यालयमा उजुरी परे लगत्तै अभिभावकहरूको रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी ती आरोप लागेका शिक्षकलाई हाजिर नगराउने र विद्यालयमा नराख्ने निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले बताए ।