काठमाडौं । विभिन्न समयमा भएको सम्झौता कार्यान्वयन नभए सत्याग्रह सुरु गर्ने चेतावनी डा.गोविन्द्र केसीले दिएका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि विभिन्न समयमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
सम्झौता कार्यान्वयन गर्नुभन्दा पनि सरकार मेडिकल माफियाको स्वार्थमा ती सम्झौता उल्टाउन लागिरहेको आरोप उनले लगाएका छन्।
डा.केसीले विज्ञप्ति जारी गर्दै सम्झौताहरू कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।