काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) कर्मचारी आन्दोलनमा होमिएका छन् ।
अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका कर्मचारीले आन्दोलन गरेका हुन् ।
त्रिविको सोही निर्णयानुसार साउन १ गतेदेखि त्रिविका सबै निकायसहित चिकित्सा शास्त्र अध्ययन संस्थानमा पनि शिक्षक तथा कर्मचारीको अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहक भत्ता कटौती भएको थियो।