काठमाडौं । ललितपुरस्थित क्यान्सर अस्पतालले विश्व फोक्सो क्यान्सर दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालले करिब १ घन्टा जनचेतनामुलक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा उपस्थितलाई अस्पतालका कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. सम्पूर्णमान तुलाधरले फोक्सोको क्यान्सरसम्बन्धि परिचयात्मक जनचेतनामुलक सन्देश दिएका थिए ।
कार्यक्रममा अस्पतालका विभिन्न विभागमा विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो ।
