एजेन्सी । फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ । छ अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ । तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
तुलसी
 तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ।  तुलसी पानीमा राख्नुपर्छ ।
आलु
 चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ।  आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ।
लसुन र प्याज
 आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
जैतुनको तेल
 जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन । कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ।
रोटी
धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् ।  फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ।
कफी
 कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ।
मह
 यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ।
अचार
 अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ ।  यसलाई  फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ।