काठमाडौं । चिकित्सा शिक्षा आयोगले २०८०/८१ को लागि नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
एमबीबीएस, बीडीएस लगायत स्नातक (यूजी) तहको एकीकृत प्रवेश परीक्षा कात्तिक तेस्रो साता हुने गरी आयोगले नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो ।
यस्तै स्नातकोत्तर (पिजी) तहको प्रवेश परीक्षा पुसको चौथो साता हुने भएको छ।