काठमाडौं । ताप्लेजुङमा दिनहुँ आँखा पाक्ने रोगी बढ्दै गएका छन्। आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएकामध्ये ३६ प्रतिशत सम्म आँखा पाक्ने समस्याका बिरामी आउने गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।
विगत ५ दिन देखि आँखा पाक्ने बिरामीको संख्या अत्यधिक रहेको गुरुङले जानकारी दिए। उनका अनुसार आँखा उपचार केन्द्रमा मंगलवार ३३ जना आँखाको परीक्षण तथा उपचारका लागि आएकोमा १२ जना आँखा पाक्ने रोगबाट प्रभावित थिए।
सरदर ४५ जना सम्म आँखा उपचार केन्द्रमा पुग्ने गरेकोमा १२–१३ जना सम्म त आँखा पाक्ने रोगी नै भेटिने गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ।