काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको प्रेस्किप्सनको अडिट गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तीय निर्णय गर्दै उक्त विषयलाई कार्यान्वयन गराउनका लागि निर्णय गरेको हो ।
एन्टीबायोटिक तथा विभिन्न प्रकारका औषधीहरुको दुरुपयोग रोक्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको हो ।
उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउनका लागि उपचारात्मक महाशाखालाई मन्त्रालयले पत्राचार गरिसकेको जनाएको छ ।