काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको प्रश्नपत्र आउट गराइएकोमा १२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । काउन्सिलले गत असार २३ गते लिएको परीक्षाको प्रश्नपत्र आउट भएको हो ।
प्रश्नपत्र आउट गराएको पाइएपश्चात् प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । परिसरले २५ दिनसम्म गरेको अनुसन्धानको क्रममा थप ९ जनाको संलग्नता देखिएपछि उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको परिसरले जनाएको छ। ९ जना भने फरार भएकाले उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ।