काठमाडौं । पोखरा महानगरका स्वास्थ्य महाशाखाका केही कर्मचारीको हाजिरी रोक्का गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार पत्र काटेर काज फिर्ता नगएका कर्मचारीको हाजिर रोक्का गर्न निर्देशन दिएको हो।
महानगरको पत्रले स्वास्थ्य महाशाखामा कार्यरत ४४ स्वास्थ्य कर्मचारीको हाजिरी रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार पोखरा महागरपालिकाले स्वास्थ्यका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सोही अनुसार असार २८ गते नै स्वास्थ्य महाशाखालाई पत्र काटेको थियो।