काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.चुमनलाल दासले पाएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई उक्त महाशाखाको जिम्मेवारी दिएका हुन् ।
महाशाखामा हाल यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत छिन्। उनी अध्ययन विदामा जाने भएपछि मन्त्री बस्नेतले डा दासलाई जिम्मेवारी दिएका हुन्।