काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र खिचापोखरी बिजनेश न्यूरोड एशोसियसनबीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा क्यान्सर अस्पतालको तर्फबाट अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौताको प्रत्यक्षदर्शीका रुपमा खिचापोखरी न्यूरोड बिजनेश एशोसियसनको तर्फबाट जनरल सेक्रेटरी रामकुमार पण्डित रहेका छन्। त्यस्तै नेपाल क्यान्सर अस्पतालको तर्फबाट सिइओ कपिल गौतम सम्झौताको प्रत्यक्षदर्शी बनेका छन् ।
