काठमाडौं । भक्तपुरको ठिमीथित नागरिक सामुदायिक शिक्षण अस्पताल तथा मध्यपुर ठिमी वडा नं ३ को अगुवाईमा डेंगु रोगसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

र्यालीका रुपमा उक्त कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा यहाँका संघ संस्था तथा विद्यालयहरुको समेत सहभागिता रहेको थियो ।

नागरिक सामुदायिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा यस्ता जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । स्वस्थ समाजको परिकल्पनाका लागि अस्पतालले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको अस्पतालले जनाएको छ ।
