काठमाडौं । यौनहिंसाको आरोप लागेका शिक्षक छवि गौतम बनेपाबाट पक्राउ परेका छन् ।
काभ्रेको पनौती नगरपालिका– २ मा रहेको कुशादेवी माविका छात्राहरुले आफूहरुलाई विद्यालयका गणीत पढाउने शिक्षक छवी गौतमले कक्षा कोठाभित्रै यौन हिंसा गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । गत मंगलाबार किटानी जाहेरी दर्ता गरेसँगै शिक्षक गौतमलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले आज पक्राउ गरेको डिएसपी रेशम बोहराले जानकारी दिए ।
पीडित छात्राहरु ११ जनाले विद्यालयमा उजुरी दिएको ६ दिनपछि पनि आरोपी शिक्षक छवी गौतमलाई चित्त बुझ्दो कारबाही नभएको भन्दै सरोकारवालाहरुको तीव्र दबाबपछि विद्यालयले पीडित छात्रासहित इलाका प्रहरी कार्यालय बनेपामा आरोपी शिक्षक गौतमविरुद्ध संयुक्त किटानी जाहेरी दर्ता गराएका थिए ।