काठमाडौं । महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ ।जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन। उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ।
यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछी निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाइ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । साे रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन।
अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ।