काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एम्बुलेन्सको सट्टा भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिक चलाउने भएको छ ।
रास्वपाले वृद्धवृद्धा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि निलो रंगको एम्बुलेन्स सञ्चालन गरेको थियो । पुरानो मेडिकल कलेज कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर चलाइएको बन्दै सर्वत्र आलोचना भएपछि उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता दिइएको हो ।
गैरकानुनीरुपमा एम्बुलेन्सको रंग परिवर्तन गरिएको भन्दै रास्वपाको आलोचना भएको थियो ।