काठमाडौं । प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ ।
परीक्षमा कानुन विपरीत कार्य गर्नेको परीक्षाफल रोक्ने निर्णय सहित परीक्षाफल प्रकाशित गरिएको हो । प्रश्नपत्र आउट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । बाँकीको खोजी कार्य जारी रहेको छ ।
प्रकाशित नतिजा अनुसार पीसीएल नर्सिङ तर्फ ७८.७६ प्रतिशत उत्तीर्ण भएका छन्, यस्तै मिडवाइफ्री बीएमएस तर्फ ९३ प्रतिशत र बीएस्सी नर्सिङ तर्फ ७९.६ प्रतिशत पास भएका छन् ।