काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’सेवा जारी रहने बताएका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन्।
‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन्।
६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए।
ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।