काठमाडौं । अनाधिकृतरुपमा सञ्चालन भइरहेका बैतडीका दुई क्ल्निीकलाई सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले कानुन विपरीत सञ्चालन भइरहेको क्ल्निीक सिल गरेको हो ।
नियम विपरीतम सञ्चालन भएका निभा स्वास्थ्य क्लिनिक र ओम कान्तिपुर डेन्टल केयर नामक डेन्टल क्ल्निीक सिल गरिएको अनुगमन टोलीले जनाएको छ ।
पछिल्लो समय बैतडी नियम विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुप्रति निगरानी बढाइएको छ ।