काठमाडौं । नेपाल नर्सिङ परिषदले प्रश्नपत्र आउट गर्ने ५७ जनालाई कार्वाही गरेको छ । उक्त कार्वाहीमा सात जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा दिन नपाउने गरी कारवाहाी गरिएको परिषद्ले जनाएको छ।
गत १९ गते बसेको परिषदको बैठकले , परीक्षामा सहभागी परीक्षार्थीले अनियमितता र अमर्यादित व्यवहार गरेकाले कारबाही गरिएको जनाएको छ। गत असार २३ काउन्सिलले लाइसेन्सको परीक्षा लिएको थियो ।
काउन्सिलले तीन वर्षसम्म परीक्षा दिन नपाउने विद्यार्थीमध्ये चार जनाको परीक्षा रद्द र तीन जनाको परीक्षाफल रद्द गरेको छ।