काठमाडौँ । देशभर डेंगुका ७ हजार ७३३ संक्रमित फेला परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यस अवधिमा सात जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यस वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।