काठमाडौं । पाल्पामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका - ६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् ।
गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
डेंगु संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गरेकी उनलाई पुनः समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा पुर्याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।