काठमाडौं । जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तिब्र रुपमा फैलिएकोे छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदि बन्दि रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत सालीक राम गौतम बताए ।
जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालका अनुसार करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदि बन्दिको आँखा सामान्य रातो भएको देखिएको थियो त्यो आँखाको सङ्क्रमण रहेछ त्यो विस्तारै धेरैमा फैलिसकेको छ ।
सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र अधिकृत सालीकराम गौतम, टेकबहादुर चौधरी, पुर्णबहादुर वली, किरण पौडेल, छेदुराम चौधरि र शसिकला चौधरीले आँखा जाँच गरेका थिए, सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्माम प्रकाश आचार्यको सहभागिता रहेको थियो ।