काठमाडौं । संखुवासभाको कारागारभित्र दुई कैदीको मृत्यु भएको छ । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुई जना कैदीको संकास्पद मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा नुवाकोट ककनी गाउँपालिकाका २८ वर्षीय आकाश बलामी र बिनोद तोलाङ रहेका छन् । जेलर राजेन्द्र घिमिरेका अनुसार उनीहरु सोमबार राति कारागारबाट भाग्न खोजेका थिए । त्यस लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।