काठमाडौं । अनलाइनमार्फत यौनहिंसा गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङ रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।