काठमाडौं । केन्द्रीय कारागार अस्पतालमा पनि आँखा पाक्ने रोगका बिरामीहरु बढ्न थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमा उक्त आँखा पाक्ने रोग देखिन थालेपछि सावधानी अपनाउनका लागि आग्रह गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले कारागार कार्यालय तथा मातहतका कार्यालयलाई पत्र लेख्दै सावधानी अपनाउन आग्रह गरेका छन्।