काठमाडौँ । रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ ।
साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
आयोगको उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।
