काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आज सेतो कोट दिवस मनाइँदै छ ।
राष्ट्रिय सभा गृहमा आयोजना हुने उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका सरकारी अस्पतालका सबै कर्मचारीलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
उक्त कार्यक्रममा उपस्थित हुन उनले सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको छ ।