काठमाडौं। गर्भपतनको औषधि खाँदा अत्याधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ ।
धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको हो ।
औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।