काठमाडौं । डेंगु परीक्षणले भयानक रुप लिइरहँदा भरतपुर महानगरले डेंगु परीक्षणको शुल्क तोकेको छ । डेंगु परीक्षणका लागि महानगरले ६ सय रुपैंया शुल्क तोकेको जनाएको छ ।
महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन् ।
जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु ६ सयमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ ।