काठमाडौं । दोलखामा एउटा यात्रुवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बस दुर्घटना भएको हो।च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा घाइतेहरूको उपचार भइरहेको बताइएको छ। बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।