काठमाडौं। कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ।
मुख्यमन्त्री उद्धव थापाले आज पत्रकार सम्मेलन गर्दै आजै जसपा सरकारमा सहभागी हुन लागेको बताएका हुन्।
मुख्यमन्त्री थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुन तयार भएको हो।
जसपाकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए।