काठमाडौं । भक्तपुरको ठिमीथित नागरिक सामुदायिक शिक्षण अस्पतालले बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। अस्पतालले साउन २७ गते शनिबार शंखु पार्टी चौर हेल्थ पोष्टमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त शिविरमा मुटु,स्त्री रोग,दन्त सेवा,प्रयोगशाला सेवा तथा निशुल्क औषधी वितरण गरिएको थियो ।

नागरिक सामुदायिक शिक्षण अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको समन्वय शंखु हेल्थपोष्टले गरेको थियो।उक्त शिविर सम्पन्न गर्नका लागि शंखेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले तथा श्री महालक्ष्मी कृषि सहकारी संस्थाले सहयोग गरेका थिए ।

रोटरी क्लब अफ काभ्रेको आयोजनामा उक्त शिविर सम्पन्न भएको थियो । शिविरको करिब १५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
