काठमाडौं । डेंगु नियन्त्रणको लागि प्युठान नगरपालिकाले ब्यानरसहित सरसफाई अभियान सुरु गरेको छ ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।
नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका प्रमुख विष्णु योगीले जानकारी दिए । डेंगु रोग नियन्त्रण र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान सुरु गरिएको योगीको भनाइ छ।
प्युठान नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधिहरूको सहभागिता शनिबार प्युठानको बाग्दुला बजारमा क्षेत्रमा र्यालीसहित सरसफाई अभियान चलाएको छ।
उक्त अभियानमा खाल्डाखुल्डीमा जमेको पानी टायर बोत्तल पोखरीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुल्ला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको प्युठान नगरपालिका– ३ का वडाध्यक्ष सुमन श्रेष्ठले बताए।
नगरपालिकामा १ जना, झिमरुक गाउँपालिकामा २ जनालाई र मल्लरानीमा १ जना गरी ४ जनलाई डेंगु संक्रमण पुष्टि भएको प्युठान अस्पतालका स्वास्थ्यकर्मी कौशल राज वैद्यले जानकारी दिए ।