काठमाडौं । डाक्टरको प्रमाणपत्र नक्कली भएको भन्दै समातिएका पिपरा गाउँपालिका–८, महोत्तरीका डा.रञ्जिनकुमार यादवको प्रमाण पत्र नक्कली भएको पुष्टि हुन नसकेपछि रिहा भएका छन् ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । ‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’