काठमाडौं । बसुन्धरास्थित नेपालको पहिलो गैरसरकारी ईशान बाल अस्पतालको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
अस्पतालले २७ साउनमा सम्पन्न गरेको स्वास्थ्य शिविरमा ८० जना आँखाका बिरामीहरुको परीक्षण गरिएकोमा ६५ जनालाई निशुल्क औषधि वितरण गरिएको तथा २० जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा रामनन्द चौधरीले बताए ।

आँखा परीक्षणका लागि आएकामध्ये केहीलाई हाल फैलिएको आँखा पाक्ने समस्या देखिएको थियो । अस्पताले प्रत्येक महिनाको अन्तिम शनिबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निशुल्क रुपमा आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालका जनरल मेनेजर भक्तबहादुर शाहीले बताए ।
